Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Aug 16th

साउदी राजकुमारलाई नेपालले उतै तक्मा पठायो

E-mail Print
(2 votes, average 1.00 out of 5)
काठमाडौं, साउन ३० (नागरिक)- साउदी अरबका राजकुमार अलवलिद बिन तलाललाई सरकाले 'महाउज्ज्वल राष्ट्रदीप मानपद्वी' हस्तान्तरण गरेको छ। साउदीको राजधानी रियादमा शनिबार एक समारोह आयोजना गरी साउदीका लागि नेपाली राजदूत उदयराज पाण्डेले उक्त पदवी राजकुमारलाई हस्तान्तरण गरेका हुन्।
 

लोकतन्त्र स्थापनापछि उक्त पद्वीबाट सम्मानित हुने राजकुमार तलाल पहिलो विदेशी हुन्। 'महाउज्ज्वल राष्ट्रदीप' विदेशी नागरिकलाई दिइने नेपालको सबैभन्दा ठूलो मानपद्वी हो। तलालकै चाहनाअनुसार साउदीमै एक समारोह आयोजना गरी तक्मा दिइएको हो।

महाउज्ज्वल राष्ट्रदीप 'नेपाल रत्न' र 'राष्ट्र गौरव' पछिको तेस्रो ठूलो पद्वी हो। नेपाल रत्न एक वर्षमा एकजना, राष्ट्र गौरव एक वर्षमा दुईजनालाई दिइन्छ। महाप्रज्ज्वल राष्ट्रद्विप मानपद्वी बनाउन करिब ६ लाख रुपैयाँ लाग्ने गृह मन्त्रालयका उपसचिव प्रल्लाद पोखरेलले बताए।

'राजकुमार तलालले पद्वी साउदी पठाइदिन अनुरोध गरेपछि एक महिनाअघि महाउज्ज्वल राष्ट्रदीप साउदी नै पठाइ दिएका हौं,' पोखरेलले जानकारी दिए।
पद्वी राष्ट्रपतिबाट दिने भनिए पनि जेठ ९ मा आयोजित सुशोभन कार्यक्रममा राजकुमार तलाल आउन नसक्ने भएपछि गृहले परराष्ट्र मन्त्रालयमार्फत पद्वीबारे राजकुमारसँग जानकारी लिन आग्रह गरेको थियो। साउदीस्थित नेपाली दूतावासमार्फत् तलालले पद्वी साउदीमै पठाइदिन आग्रह गरेपछि गृहले एक महिनाअघि पठाएको थियो।

२०६७ साल कात्तिक अन्तिम साता नेपाल भ्रमणमा रहेका बेला मन्त्रिपरिषद् बैठकले तलाललाई महाउज्ज्वल राष्ट्रदीप दिने निर्णय गरेको थियो। केही समयपछि महाप्रज्ज्वल राष्ट्रद्वीप ग्रहण गर्न नेपाल आउने प्रतिबद्धता जनाउँदै उनी स्वदेश फर्केका थिए।

नेपाल भ्रमणमा आएका बेला सरकारले कुनै मानपद्वी नदिने भेउ पाएपछि राजकुमार तलाल राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूलाई नभेटी स्वदेश फर्कन लागेका थिए। त्यो बेला नेपालबाट भुटान गई पुनः नेपाल आई स्वेदश फर्किने कार्यक्रम राजकुमारको थियो।

भुटानबाट नेपाल फर्कदा मानपद्वी नपाउने थाहापाएपछि निजी विमान लिएर आएका उनी त्रिभुवन विमानस्थलबाटै बाहिर ननिस्की स्वदेश फर्कन लागेका थिए। राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूसँग नभेटी विमानस्थलबाटै राजकुमार फर्कन लागेको थाहा पाएपछि तत्काल मन्त्रिपरिषद्को बैठक बसी उनलाई महाउज्ज्वल राष्ट्रदीप मानपद्वी दिने निर्णय गरेको थियो।

नेपाल भ्रमणको निम्तो दिन गएका साउदीका लागि तत्कालीन राजदूत हमिद अन्सारीसँग राजकुमारले भ्रमणको शर्त मानपद्वी राखेका थिए। सरकारसँग परामर्श नगरी अन्सारीले उनलाई महाउज्ज्वल राष्ट्रदीप दिने आश्वासन दिएपछि उनी नेपाल आएका थिए।

नेपाल आउनेबित्तिकै मानपद्वीबारे राजकुमारले आफ्ना सहायकलाई बु‰न लगाएका थिए। मानपद्वीबारे सरकारी पदाधिकारीले कुनै जानकारी नभएको बताएपछि उनले पूर्वनिर्धारित कार्यक्रमअनुसार कसैसँग भेट नगरी स्वदेश फर्कने जनाउ दिएका थिए। मन्त्रिपरिषद्ले मानपद्वी दिने निर्णय गरेलगत्तै उनी काठमाडौंमा रोकिएका थिए।

नेपालको विकास तथा प्रगतिका लागि उल्लेख्य योगदान गर्ने नेपाली वा व्दिेशीलाई महाप्रज्ज्वल राष्ट्रदीप दिने प्रावधान भए पनि अपर्झट आइपरेको समस्या सुल्झाउन राजकुमार तलाललाई उक्त पद्वी दिने निर्णय गरिएको थियो।

सम्मानले नेपाल-साउदी अरबबीचको द्विपक्षीय सम्बन्ध आउने दिनमा अझ प्रगाढ हुने तथा नेपालको आर्थिक विकासमा साउदी सरकार तथा राजकुमार तलालका तर्फबाट समेत महत्वपूर्ण योगदान हुने विश्वास पद्वी हस्तान्तरण समारोहमा राजदूत पाण्डेले व्यक्त गरेका थिए।

साउदीस्थित नेपाली दूतावासका अनुसार पदवी ग्रहण गरेपछि समारोहमा राजकुमार तलालले नेपाल सरकारप्रति कृतज्ञता व्यक्त गर्दै पदवीको प्रतिष्ठा जोगाइराख्ने प्रतिबद्धता जनाएका थिए। उनले साउदी अरबको विकासमा नेपाली जनशक्तिले पुर्‍याएको योगदानको स्मरण गर्दै दुवै मुलुकबीच रहिआएको सम्बन्ध अझ सुदृढ हुने र नेपालको विकासमा साउदीको योगदान जारी रहने जनाएका थिए।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

रघुनाथ लामिछाने कन्चनपुरको गुलरियामा एउटा सामुदायिक क्याम्पस छ- कञ्चन बहुमुखी क्याम्पस। जुन क्या...

- रघुनाथ लामिछाने

देवशंकर पौडेल जगजाहेर कुरा हो- एक जमानामा माओवादीको 'प्रचण्डपथ' मुलुकको 'असी प्रतिशत भू भाग' आ...

- देवशंकर पौडेल

विश्व